Wednesday, September 23, 2020

एक शिक्षक मृत फेला

फलेवास (पर्वत), ७ असार ।

पर्वतको कुस्मा नगरपालिका– १ पाङ घर भई कटुवाचौपारीस्थित आइबल एकेडेमी बोर्डिङ स्कुलमा पढाउँदै आउनुभएका एक शिक्षक नारायण पौडेलको शव १५ दिनपछि कालीगण्डकी नदीको किनारमा फेला परेको छ ।
बाग्लुङको जैमिनी गाउँपालिकाको बेल बगरमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । बीस वर्षीय शिक्षक पौडेलले विगत एक महिनादेखि विद्यालयमा पढाउन सुरु गर्नुभएको थियो । विद्यालयमा विद्यार्थीलाई यातना दिएको भन्दै विद्यालय प्रशासनले विद्यालय नआउन भनेका पौडेल एकाएक हराएपछि घटना रहस्यमय बनेको थियो ।
गत जेठ २४ गतेदेखि बेपत्ता हुनुभएका शिक्षक पौडेल अन्तिमपटक २५ गतेसम्म परिवारको सम्पर्कमा रहेको भए पनि त्यसपछि उहाँ सम्पर्कविहीन हुनुभएको थियो । २७ गतेदेखि प्रहरीमा परेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतले खोजी सुरु गरेको प्रहरी निरीक्षक मधुकरजङग विष्टले जानकारी दिनुभयो ।
मङ्गलबार पौडेलका परिवारले शवको पहिचान गरेपछि आज शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा ल्याइएको विष्टले बताउनुभयो । उहाँको के कारणले मृत्यु भएको हो भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । रासस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •