Saturday, September 26, 2020

उत्तरपश्चिम पाकिस्तानमा पत्रकार मारिए

इस्लामावाद, २८ जेठ ।

पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पाख्तुनख्वा आइतबार अज्ञात बन्दुकधारीको आक्रमणमा परी एक पत्रकार मारिएका छन् । स्थानीय प्रहरी स्रोत र सञ्चार समूहले सो जानकारी दिएको छ ।
‘द केटु टाइम्स्’ नामक समाचारपत्रका कार्यालय प्रमुख बकसिस अहमद उनकै गृह जिल्ला हरिपुरमा मारिएका प्रहरी स्रोतले जानकारी दिएको छ ।
यद्यपी इस्लामावादसँग आवद्ध खैबर टेलिभिजनको आफ्नै समाचारपत्रमा पनि यस हत्याको पुष्टि गरेको छ ।
राजधानी इस्लामावादबाट एक सय किलोमिटर उत्तरपश्चिममा पर्ने हरीपुरस्थित आफ्नो कार्यालयतर्फ गइरहेका ती पत्रकारलाई मोटरसाइकलमा आएका बन्दुकधारीले गोली प्रहार गरी हत्या गरेको अहमदको कार्यालयले जानकारी दिएको छ ।
यस आक्रमणपछि बन्दुकधारी भागेका र हालसम्म यस आक्रमणको कुनै पनि समूहले जिम्मा भने लिएको छैन् ।
पाकिस्तानमा गत १५ वर्षयता भएका विभिन्न आक्रमणमा कम्तीमा ११७ जना पत्रकार मारिएका छन् । यद्यपी जनताको अदालतमा तीन वटा मुद्दा मात्र उठाइएको बताइएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •