Sunday, July 25, 2021

आफू जीवित रहेको प्रमाणित गर्न खोज्दै रामसेवक यादव

महोत्तरीका ५८ वर्षीय रामसेवक यादव जीवित छन्, तर राज्यको दृष्टिमा उनको मृत्यु भइसक्यो।

आफ्नै मृत्युदर्ताको प्रमाणपत्र बोकेर उनी आफू जीवित रहेको प्रमाण जुटाउन खोज्दैछन्।

छब्बीस वर्ष भारतमा बसेर चार वर्षअघि घर फर्किएका यादवका अनुसार उनको सम्पत्ति आफन्तले मृत्यु दर्ता गराएर बेचिसकेका रहेछन्।

अहिले उनले स्थानीय कुटीमा शरण लिएका छन्, र अरूसँग मागेर वा सानोतिनो काम गरेर जीविकोपार्जन गर्छन्।

कानुन व्यवसायीहरूका अनुसार यादवको मृत्युदर्ताको प्रमाणपत्र रद्द भएदेखि उनको पैतृक सम्पत्तिमा स्वत: अंश लाग्न सक्छ।

न्याय खोज्दै उनले स्थानीय प्रशासन र प्रदेश नं २ का प्रमुखलाई समेत गुहारिसके, तर अझै कानुनी रूपमा उनी ‘जीवित’ भइसकेका छैनन्।

हेर्नुहोस् यो भिडिओ।बिबिसी नेपालीबाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

Must Read

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •