आज शहिद दिवस: शहिदको सम्झनामा प्रधानमन्त्री र राष्ट्रपतिको सन्देश

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

0 Shares
फाईल फोटो

काठमाडौ १६ माघ
देश र नागरिकको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा आज (आइतबार) विभिन्न कार्यक्रम आयोजना गरी शहीद दिवस मनाइँदैछ ।
प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने शहीद सप्ताहको अन्तिम दिन विशेष रुपमा शहीद दिवस मनाउने गरिन्छ । विसं २०१२ देखि काठमाडौं महानगरपालिकाको संयोजनमा हरेक वर्ष माघ १६ गते शहीद दिवस मनाउन थालिएको हो ।
शहीद शुक्रराज शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकुस्थित पचलीमा मृत्युदण्ड दिइएको थियो । शहीद धर्मभक्त माथेमालाई सिफलमा विसं १९९७ कै माघ १३ गते र गङ्गालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मारिएको थियो । राणाशासनको विरोध गर्दै नागरिकलाई प्रजातन्त्रका पक्षमा एकजुट एवम् शिक्षित गरेको आरोपमा विसं १९९७ मा उहाँहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो । यसै अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयनमार्फत देशलाई समृद्ध बनाउन सहिदहरूको सपना तथा योगदान सधैँ प्रेरणादायी हुने बताउनुभएको छ । सहिद दिवसका अवसरमा आज प्रधानमन्त्री प्रचण्डले दिनुभएको सन्देशमा देशको स्वतन्त्रताको पक्षमा निरङ्कुशताविरुद्ध उभिएर विभिन्न आन्दोलन, जनआन्दोलनका समयमा आफ्नो जीवन बलिदान गर्नुहुने महान सहिदको योगदान सधंँै स्मरणीय रहने उल्लेख गर्नुभएको छ । यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्र र अग्रगमन महान् सहिदका त्याग तथा बलिदानको परिणाम हुन् भन्दै उहाँहरूले राष्ट्रनिर्माणको महायज्ञमा स्वतः समाहित हुने प्रेरणा प्रदान गर्नुभएको बताउनुभएको छ ।
सहिद दिवसका अवसरमा आज दिनुभएको सन्देशमा राष्ट्रपतिले आदरणीय ज्ञात–अज्ञात सहिदका सपना साकार पार्न यो दिवसले प्रेरित गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । माघ १६ गते शहीद दिवसका दिन विभिन्न कार्यक्रमको आयोजना गरी देश र नागरिकका लागि भएका अधिकारका आन्दोलनमा आफूलाई समर्पित गर्ने सम्पूर्ण शहीदको सम्झना गरिन्छ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares
Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time