Saturday, September 19, 2020

आज विश्व योग दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै


काठमाडौं, ७ असार ।
आज विश्व योग दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै छ । हरेक वर्षको जुन २१ तारिखमा यो दिवस मनाईन्छ । योगलाई शताब्दी विकासको सूचकाङ्कका रुपमा समेत लिइएको छ । व्यक्तिगत शान्ति र स्वास्थबिना विकास र समृद्धि सम्भव नभएको भन्दै बिश्वमा योग दिवस मनाउन थालिएको हो । योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धिकरण र अध्यात्मिकतामा ध्यान दिँदै मानव शक्ति अनि चित्तको सकारात्मक विकेन्द्रिकरणमा महत्व दिने योग गुरुहरुको भनाई छ । यस्तै योग दिवसकै अवसरमा आज आचार्य बालकृष्णले लेख्नुभएको ‘दैनन्दिन योगाभ्यास’ र नेपालका लागि भारतीय दूतावासले प्रकाशन गरेको ‘योग सन्देश’ पुस्तकको विमोचन गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एक कार्यक्रमका बिच सो पुस्तकको बिमोचन गर्नुभयो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •