आज देखी भृकुटीमण्डपमा १४ औँ अन्तराष्टिय औद्योगीक व्यापार मेला शुरु

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

0 Shares

काठमाडाैं  १४ बैशाख – देशभरी नै लघु, घरेलु तथा साना उद्योगहरुको राष्टिय तथा अन्तराष्टिय बजार वहुच वृद्धिर व्यापार वृद्धि गर्न नेपाल घरेलु तथा साना उद्योग महासंघले आज देखी काठमाण्डौको भृकुटीमण्डपमा १४ औँ अन्तराष्टिय औद्योगीक व्यापार मेला शुरु गरेको छ ।

यस अघि १२ वटा राष्टिय प्रदशर्नी गरेको थियो भने १३ औँ प्रदशर्नी सार्क मुलुक तथा छिमेकी राष्ट चिनका उद्योगीहरुलाई समेटी गरीएको थियो ।

मुलुकमा ग्रमीण दुर दराजका नेपाली मौलीक उत्पादनहरुले आर्थिक मात्र नभइ सामाजिक र साँस्कृतीक महत्वको संरक्षण र संवद्धनमा पनि यस मेलाले महत्वपुर्ण भुमीका खेल्ने आयोजकले जनाएको छ ।

१४ औँ संस्करणका रुपमा आयोजना गर्न लागीएको यो प्रर्दशनी आयात प्रतीस्थापन र निर्यात प्रवद्धनका लागी महत्वपुर्ण मानिएको छ ।यस प्रर्दशनीमा भारत, बंलादेश र पाकिस्तानका उद्यमीहरुको सहभागीता रहने छ ।

बैसाख १८ सम्म ५ दिन चल्ने सो मेलामा १८२ स्टल रहेका छन् ।

महिला उद्यमीहरुद्धारा उत्पादित गलैचा राडीपाखी, उनि कपडाहरु, नेपाली हाते कागजका बस्तुहरु, परम्परागत हस्तकलाका सामानहरु, र्कषीमा आधारीत उत्पादनहरु, बैकल्पिक नविकरणीय उर्जा, सुचना प्रविधीमा आधारीत प्रविधी तथा उपकरणहरु प्राकृतिक रेशाद्धारा उत्पादित वस्तुहरु, धातुकला, सेरामिक्स, भाडाकुडाहरु प्रदशनीमा राखिएका छन् ।

सो प्रदशर्नीमा ५ लाख अवलोकनकर्ता आउने र ५ करोड सम्म व्यापार हुने अनुमान गरीएकाे आयोजकले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares
Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

प्रतिक्रिया दिनुहोस

comment