आजदेखि गंगादशहरा मेला सुरु

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

0 Shares

ब्रजेस खनाल
रसुवा, १२ जेठ ।
आज शुक्रबारदेखि रसुवामा गंगादशहरा मेला सुरु भएको छ । हरेक वर्ष जेष्ठ प्रतिपदादेखि दशमीसम्म लाग्ने गंगादशहरा मेला भर्नका लागि एक साता अघिदेखि नै तिर्थालु भक्तजन गोसाईकुण्ड जान थालेका छन् ।
आजदेखि सुरु भएको गंगादशहरा मेला २१ गतेसम्म चल्ने गोसाईकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष संजिव डिएमले बताउनुभयो ।
गोसाईकुण्डमा स्नान गरी गोसाईवावा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफूले चिताएको सबै मनोकांक्षा पूरा हुने जनविश्वासका साथ वर्षे्नि हजारौैँ हजार भक्तजनहरु कुण्डमा स्नान गर्न आउने गर्दछन् ।
पौराणिक कथन अनुसार परापूर्वकालमा देवता र दानव बिच लडाई हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरि विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आएर गोसाईवावा भगवान शिव शंकरले आफ्नो हातमा भएको त्रिशुलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशुल धाराको उत्पति भई त्रिशुल धाराको पानिबाट गोसाईकुण्डको उत्पति भएको भन्ने किवंदन्ति रहेको पाईन्छ ।
रसुवा जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तिर्थस्थल गोसाईकुण्डमा जनैपूर्णिमा र गगांदशहरा गरि वर्षको दुई पटक तिर्थयात्रीहरुले मेला भर्ने गरेका छन् । गोसाईकुण्ड गाउँपालिका–५ मा रहेको गोसाइँकुण्ड समुन्द्रीसतहदेखि ४ हजार ३ सय ८० मिटरको उचाईमा रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares
Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time