विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

आगामी जनगणनाको लागी इनेबलमेन्टको छलफल

अपाङ्गता भएका व्यक्तिहरुको खण्डिकृत तथ्याङ्क मूल चासो

  • 28
  •  
  •  
  •  
  •  
  •  
  •  
    28
    Shares

काठमाडौँ ।

इनेबलमेन्ट नेपालको नेतृत्वमा  विभिन्न संघसंस्थाका प्रतिनिधीहरुले आइतबार केन्द्रिय तथ्याङ्क विभागमा सामुहिक छलफल गरेका छन् ।

सन् २०२१ मा हुन लागेको राष्ट्रिय जनगणनाको लागी अपाङ्गता भएका व्यक्तिहरुको खण्डिकृत तथ्याङ्क संकलन होस् भन्ने उद्धेश्यले सो छलफल गरिएको इनेबलमेन्ट नेपालका कार्यक्रम अधिकृत क्षितिज वाग्लेले जानकारी दिनुभयो ।

उक्त छलफलमा केन्द्रिय तथ्याङ्क विभागका उपमहानिर्देशक नेविनलाल श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरुको खण्डिकृत तथ्याङ्क संकलनका लागी विभागद्वारा संचालन गरिने मास्टर्स ट्रेनिङमा अपाङ्गताको विषय अनिवार्य रुपमा समावेश हुने बताउनुभयो । उहाँले तथ्याङ्क संकलनका लागी अपाङ्गता भएका व्यक्तिका परिवारमा जनचेतनाको जरुरत रहेको र त्यसका लागी सामाजिक संजाल तथा आमसंचार माध्यमको प्रयोग गर्नुपर्ने बताउँदै उहाँले अटिजम र हेमोफेलियासँग सम्बन्धित समस्या पहिचान गर्न गणकलाई अप्ठेरो पर्ने इंगित गर्दै सो को लागी अपाङ्गता भएका व्यक्तिहरुको अभिभावक नै सूचना दिनका लागी तम्तयार हुनुपर्ने बताउनुभयो ।

अपाङ्गता अधिकारकर्मी तथा राष्ट्रिय अपाङ्ग महासंघका पुर्व अध्यक्ष सुदर्शन सूवेदीले सबै क्षेत्रका सहभागीता र छलफलबाट विश्वासिलो र भरपर्दो खण्डिकृत तथ्याङ्क संकलन गर्ने विधी र प्रकृयावारे निष्कर्षमा पुग्न सकिने बताउनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरुको खण्डिकृत तथ्याङ्क संकलन आजको आवश्यकता भएको बताउँदै सत्य र तथ्य तथ्याङ्क संकलन गर्न सकेमा राज्यमा पछाडी परिरहेका अपाङ्गता भएका व्यक्तिहरुलाई मूल धारमा ल्याउन र उनिहरुको वृहत्तर हितमा नितीगत, योजनागत र संरचनागत विकास गर्न राज्य र यस क्षेत्रमा कृयाशिल संस्थाहरुलाई सहज हुने बताउनुभयो ।

आगामी जनगणनामा अपाङ्गताको विषयमा के कस्तो रणनितीहरु अपनाउने र स्थानिय तहमा अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्क सङ्कलनमा कोहि नछुटुन, कोहि पछि नपरुन भन्नेमा इनेबलमेन्ट नेपालको विशेष चासो रहेको इनेबलमेन्ट नेपालकी परियोजना प्रबन्धक सावित्री दाहालले बताउनुभयो ।

बौद्धिक अपाङ्गताका आमा समाजकी सचिव श्रृजना केसीले आगामी जनगणनामा पनि बौद्धिक अपाङ्गता भएकाहरु नसमेटिने हुन की भन्नेमा आफुहरुको चासो रहेकोले जनगणनामा अपाङ्गताको विषयमा तथ्याङ्क संकलन गर्दा बौद्धिक अपाङ्गताको विषय पनि समाविष्ट गर्नुपर्नेमा जोड दिनुभयो ।

छलफलमा अपाङ्गता मानवअधिकार प्रवर्द्धन समाजकी उपाध्यक्ष देवकुमारी पराजुलीले राज्यको तथ्याङ्कमा अटाउन नसक्नु र सोही कारण सामाजिक, आर्थीक र राजनैतीक रुपमा बहिष्करणमा पारिनु मानवअधिकारको दृष्टिकोणबाट सहि नभएको बताउनुभयो ।

झण्डै १ घण्टा लामो छलफलमा केन्द्रिय तथ्याङ्क विभागका उपमहानिर्देशक नेविनलाल श्रेष्ठ, निर्देशक ढुण्डिराज लामिछाने,  निर्देशक शंकरलाल श्रेष्ठ, निर्देशक इन्द्र बहादुर कार्की तथा इनेबलमेन्ट नेपालको तर्फबाट कार्यक्रम अधिकृत क्षितिज वाग्ले, परियोजना प्रबन्धक सावित्री दाहाल,  राष्ट्रिय अपाङ्ग महासंघका पुर्व अध्यक्ष तथा अपाङ्गता अधिकारकर्मी सुदर्शन सूवेदी, बौद्धिक अपाङ्गताका आमा समाजकी सचिव श्रीजना केसी, इन्डिपेन्डेन्ट लिभिङ सेन्टर सि आइ एल का अध्यक्ष गणेश केसी, , अपाङ्गता अधिकार सम्बन्धी अभियानका युवा अभियान्ता निर श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।


  • 28
  •  
  •  
  •  
  •  
  •  
  •  
    28
    Shares
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time