अाेलीकाे चीन भ्रमण अघि नै प्रधानसेनापति भारतमा निस्कदैं, भ्रमण ६ दिने हुने ।

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

[dropcap][/dropcap]

भारतीय सेनाका सेनाध्यक्ष General Bipin Rawat को औपचारिक निमन्त्रणामा प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्री मिति २०७५ जेष्ठ २३ गते ६ (छ) दिने भ्रमणको लागि मित्रराष्ट्र भारततर्फ प्रस्थान गर्नु हुने कार्यक्रम रहेको छ ।

उक्त भ्रमणको दौरानमा उहाँले देहरादुनस्थित भारतीय सेनाको Indian Military Academy मा सञ्चालित अधिकृत आधार तालिमको मिति २०७५ जेष्ठ २६ गते हुने आयुक्त पद प्रदान कवाजको Chief Reviewing Officer को रुपमा आतिथ्यता ग्रहण गर्नु हुने छ ।

भ्रमणको अवधिभर प्रधानसेनापति महारथी श्री क्षत्रीको अनुपस्थितिमा बलाधिकृत रथी श्री पूर्णचन्द्र थापाले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नु हुनेछ । भ्रमण सम्पन्न गरी प्रधानसेनापति महारथी श्री क्षत्री मिति २०७५ जेष्ठ २८ गते स्वदेश फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।

यस किसिमको उच्च तहको सैनिक नेतृत्वको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र भारतीय सेनाबीच रहँदै आएको आपसी सम्बन्ध अझ सौहार्दपूर्ण हुनुको साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

प्रतिक्रिया दिनुहोस

comment