Thursday, September 24, 2020

अवैध चुरोट र गोरु नियन्त्रणमा

मंगलबारे, इलाम, २१ असार – नेपालबाट कर छली गरेर अवैधरुपमा भारत निकासी गर्न लागिएको अवस्थामा १२ कार्टुन चुरोट बुधबार बरामद गरिएको छ ।

इलाम सूर्योदय नगरपालिका–२ स्थित टाँसी गाउँबाट इलाका प्रहरी कार्यालय पशुपतिनगरले चुरोट बरामद गरेको हो । नियन्त्रण गरिएको चुरोट आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, पशुपतिनगर इलाममा बुझाइएको जिल्ला प्रहरी कार्यालय, इलामले जानकारी दिएको छ ।

त्यस्तै, गत असार १८ गते राति १० बजे सूर्योदय नगरपालिका–३ बौद्धधामस्थित कच्ची सडकखण्डबाट चारवटा पिकअप गाडीमा लोड गरिएका २६ वटा गोरुसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

अवैधरुपमा भारततर्फ निकासी गर्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय पशुपतिनगरको प्रहरी गस्ती टोलीले गोरु फेला पारेपछि नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका गोरुसमेत आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, पशुपतिनगरमा बुझाइएको छ । इलामको पशुपतिनगर भारतसंगको सीमावर्ती क्षेत्र हो ।रासस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •