Wednesday, April 14, 2021

अमेरिकी पूर्वप्रथम महिला बारबराको ९२ वर्षको उमेरमा निधन

५ वैशाख, काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति जर्ज बुशकी पत्नी तथा साक्षरता अभियानकर्ता बारबरा बुशको निधन भएको छ । पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुशकी आमासमेत रहेकी पूर्वप्रथम महिला बुशको बुधबार ९२ वर्षको उमेरमा निधन भएको हो ।

बुश केही समयदेखि बिरामी थिइन् । तर उनले परिवारका सदस्यसँग बाँकी जीवन बिताउने भन्दै थप उपचारका लागि अस्वीकार गर्दै आएकी थिइन् ।

 

पूर्वराष्ट्रपति जर्ज बुशको सचिवालयले बारबराको मृत्यु भएको पुष्टि गर्दै उनलाई साक्षरता अभियानमा कहिल्यै नथाक्ने अभियानकर्मीको उपमा दिएको छ ।

साक्षरता अभियान सञ्चालन गरेकाले उनलाई यसको अभियानकर्ताका रुपमा सम्मान गर्ने गरिन्छ ।

बारबरा त्यस्ती भाग्यमानी महिला हुन् जसले आफ्ना श्रीमान् र छोरालाई अमेरिकाको राष्ट्रपतिका रुपमा देख्न पाएकी थिइन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •