विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

अपाङ्गता भएका व्यक्तिहरुको समावेशिता, पहुँच र सशक्तिकरणमा सञ्चार माध्यमको भूमिका विषयक कार्यशाला गोष्ठी सम्पन्न

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

१४ माघ । अपाङ्गता भएका व्यक्तिहरुको समावेशिता, पहुँच र सशक्तिकरणमा सञ्चार माध्यमको भूमिका विषयक दुई दिने कार्यशाला गोष्ठी काठमाडौँमा सम्पन्न भएको छ ।

इन्टरनेशनल फाउण्डेशन फर इलेक्ट्रोल सिस्टम र नेपाल अपाङ्ग महिला संघको संयुक्त आयोजनामा भएको उक्त गोष्ठीमा अपाङ्गता भएका व्यक्तिहरुको समावेशिता, पहुँच र सशक्तिकरणमा सञ्चार माध्यमले खेल्ने भूमिका बारे विभिन्न आमसञ्चार माध्यममा कृयाशिल पत्रकारहरुसँग छलफल भएको थियो ।

अपाङ्गता भएका व्यक्तिहरुले आमसञ्चार माध्यमसम्म पहुँच पुर्याउनका लागी भौतिक, वातावरणीय, संस्थागत र सञ्चारजन्य अवरोधहरु सामना गरिरहेका छन् । अपाङ्गता भएका व्यक्तिको विषयमा आमसञ्चार माध्यमले प्रकाशन तथा प्रसारण गर्दा अपाङ्गता भएको व्यक्तिको क्षमता र उसको क्रियाकलापमा जोड दिनुपर्दछ न कि उसको अपाङ्गतासँग । नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष निर्मला धितालले भन्नुभयो, “अपाङ्गता भएका व्यक्तिहरुको बिषयमा लेखिएका सञ्चार सामाग्रीहरुलाई नियाल्दा कल्याणमुखी अवधारणाको कोणबाट प्रस्तुत गरिएको हुन्छ तर उसको क्षमताको विषयमा अत्यन्तै न्युन रुपमा मात्र उल्लेख गरिएको पाइन्छ । ”

गोष्ठिमा अपाङ्गता भएका व्यक्तिका प्रकार, उनिहरुले प्राप्त गर्ने सुविधा तथा उनिहरुको सशक्तिकरणमा मिडियाले खेल्नुपर्ने भूमिकाको बिषयमा जानकारी दिइएको थियो ।

गोष्ठीमा सहभागी पत्रकारहरुलाई इन्टरनेशनल फाउण्डेशन फर इलेक्ट्रोल सिस्टमकी समावेशी विशेषज्ञ रेवेका इभेवोकले अपाङ्गता भएको व्यक्तिको बिषयमा लेखिएको लेख तथा समाचार सामाग्रीलाई आमसंचार माध्यममा स्थान दिनका लागी आफ्नो सम्पादकलाई कसरी सहमत गराउन सकिन्छ र समावेशी लेख तथा सामाग्री तयार गर्दा के के कुराहरु ध्यान दिनुपर्छ भन्ने बिषयमा बिभिन्न कोणबाट प्रशिक्षण दिनुका साथै अनुभवको आदानप्रदान गर्नुभएको थियो ।

गोष्ठीको पहिलो दिन बिभिन्न जिल्लाबाट आउनुभएका अपाङ्गता भएका व्यक्तिहरुलाई आमसञ्चार माध्यममा पहुँच पुर्याउन गरिनुपर्ने प्रयासहरु तथा मिडियामा पहुँच र समावेशि सामाग्री निर्माणका लागी आमसञ्चार माध्यमलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । साथै अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरणमा आमसंचार माध्यमले खेल्ने भूमिकाको बिषयमा सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

गोष्ठी इन्टरनेशनल फाउण्डेशन फर इलेक्ट्रोल सिस्टमका राष्ट्रिय निर्देशक इयान स्मिथको प्रमुख आतिथी रहनुभएको कार्यक्रम राष्ट्रिय अपाङ्ग महिला संघकी अध्यक्ष निर्मला धितालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

 


  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares
प्रतिक्रिया
Loading...