20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

९ वर्षीया दुई छात्रा बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

अपराध९ वर्षीया दुई छात्रा बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

२१ असोज, काभ्रे । पछिल्लो समय एकपछि अर्काे गर्दै बलात्कारका घटना सार्वजनिक भएका छन् । नैतिक शिक्षाको अभावमा बलात्कारका घटना बढेको टिप्पणीसमेत हुने गरेको छ । तर, काभ्रेमा भने सामाजिक तथा नैतिक शिक्षा पढाउने शिक्षक नै दुई बालिका बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

कक्षा ५ मा अध्ययनरत ९ वर्षीया दुईजना छात्रालाई एकवर्षदेखि बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले शिक्षक शंकर पहरीलाई पक्राउ गरेको हो ।

पीडितको जाहेरीका आधारमा शिक्षक पहरीलाई पक्राउ गरी थप अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका रविराज खड्काले जानकारी दिए । अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराइएको छ ।

‘पीडितहरुको जाहेरीका आधारमा अनुसन्धान गरी हामीले थप प्रक्रिया अगाडि बढाएका छौं,’ प्रहरी प्रमुख खड्काले भने, ‘९ वर्षका २ जना बालिकालाई करणी र दुर्व्यवहार गर्ने शिक्षक पहरीलाई अदालतबाट ७ दिनको म्याद थपिएको छ ।’

जाहेरीमा शिक्षक पहरीले केही महिनादेखि खाजा खाने समय, स्कुलबाट छुटेर घर जाने समयमा उनीहरुलाई पटकपटक बलात्कार गर्ने गरेको आरोप लगाइएको छ ।

शिक्षकले दुई मध्ये एक बालिकालाई कक्षा ४ देखि नै संवेदनशील अंग चलाउने, छुने जस्ता क्रियाकलप गर्दै आएको आरोप छ ।

कक्षा ५ सुरु भएपछि पहिले दुर्व्यवहारमा परेकी बालिकाको साथीलाईसमेत उनले दुर्व्यवहार गर्न थालेको उनका अभिभावकहरुले बताएका छन् ।

बालिकाहरुलाई शिक्षकले केहिले चक्लेट किन्दिन्छु भन्ने, कहिले अरुलाई भनिस् भने कुट्छु, भन्दै डरधम्की देखाउने गरेको आरोप आफन्तको छ ।

2.2kViews

Check out our other content

Check out other tags:

Most Popular Articles