0
Share
काठमाडौँ ,१ कात्तिक । महानगरीय ट्राफिक महाशाखाले यात्रुसँग बढी भाडा लिनका लागि मिटरमा जान नमान्ने १ सय २८ जनालार्इ कारबाही गरेको छ ।
महाशाखाका अनुसार कारबाहीमा पर्नेमा फ्लोरिसेन्ट ज्याकेट नलगाउने चालक पनि छन् । महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले दिएको जानकारी अनुसार बिहीबार दिनभरको अवधिमा उनीहरू कारबाहीमा परेका हुन् ।
उनका अनुसार उपत्यकाका बिभिन्न स्थानमा गरिएको चेकजाँचको क्रममा जम्मा ३ सय ८६ जना चालकहरु कारबाहीमा परेका छन् ।
2.0kViews