20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

रानीपोखरी पुनर्निर्माणमा रञ्जुको चासो, कफी सप नराख्न मेयरलाई आग्रह

अन्तरक्रियारानीपोखरी पुनर्निर्माणमा रञ्जुको चासो, कफी सप नराख्न मेयरलाई आग्रह

काठमाडौं ६ पुस।  काठमाडौं महानगरपालिकाकी पराजित मेयर उम्मेदवार रञ्जु दर्शनाले रानीपोखरी पुनर्निर्माणको खाकामा आपत्ति जनाएकी छिन् । पुरानै ढाँचामा रानीपोखरी पुनर्निर्माण गर्नु पर्ने उनको जोड छ ।

रञ्जुले हालै मात्र महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसँग भेट गरेर यस विषयमा कुराकानी गरेको अनलाइनखबरलाई बताइन् । ‘पुरातात्विक सम्पदालाई आधुनिकीकरण गर्ने नाममा विकृत बनाउन हुँदैन,’ उनले भनिन् ।

उनले मेयरसामू रानीपोखरीमा कंक्रिटको पर्खाल लगाउन थालिएको, वाटर फाउन्टेनदेखि कफीसपसम्म राख्न लागिएकोमा आपत्ति जनाएकी थिइन् । जवाफमा मेयर शाक्यले पर्यटकहरुको मनोरञ्जन र सुविधाको लागि रानीपोखरीलाई आधुनिकीकरण गर्नु आवश्यक भएको बताएका छन्. ।

रञ्जुले भने पुरातात्विक महत्वको सम्पदाको स्थानमा आधुनिक कफी सप आवश्यक नभएको बताएकी छिन् । ‘काठमाडौंमा कफी खाने ठाउँको अभाव छैन’ उनले भनिन्, ‘पर्यटकहरु कफी खानलाई रानीपोखरी पुग्ने होइनन् ।’

रञ्जुसँगै सम्पदाविद सुदर्शन तिवारी पनि मेयरलाई भेट्न पुगेका थिए । उनले पनि रानीपोखरीको पुननिर्माण पुरानै ढाँचामा सम्पन्न गर्नुपर्ने धारणा राखेका छन् ।

रानीपोखरीको पुनर्निमाण सम्वन्धमा भएको करार, त्यसको समयसीमा, निर्माण सामग्री आदिवारे जानकारी माग्दै महानगरपालिकामा आरटीआई दर्ता गरेको रञ्जुले जानकारी दिइन् ।

भूकम्पपछि क्षतिग्रस्त रानीपोखरीको पुनर्निमाणले अझै गति लिन सकेको छैन । बरु बेलाबेला विवाद आउने गरेको छ ।अनलाइनखबर

 

२०७४ पुस ६ गते प्रकाशित

6.9kViews

Check out our other content

Check out other tags:

Most Popular Articles