20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

मन्त्रिमण्डलमा आठ राज्यमन्त्री थपिए

अन्तरक्रियामन्त्रिमण्डलमा आठ राज्यमन्त्री थपिए

सरोज खनाल

काठमाडौँ, ४ भदौ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज आफ्नो मन्त्रिमण्डल विस्तार गर्नुभएको छ ।उहाँले मन्त्रिमण्डलमा आठ जना राज्यमन्त्री थप गर्नुभएको हो। प्रधानमन्त्री देउवाको नेतृत्वमा गत जेठ २४ गते गठन भएको मन्त्रिमण्डल आज विस्तार भएसँगै ३१ सदस्यीय भएको छ । मन्त्रिमण्डलमा तीन उपप्रधानमन्त्री, १९ मन्त्री र आठ राज्यमन्त्री हुनुहुन्छ । मोहम्मद जाकिर हुसेन ९महिला, बालिकालिका तथा समाज कल्याण०, रामसिंह यादव ९स्वास्थ्य०, श्यामकुमार श्रेष्ठ ९गृह०, शम्भुलाल श्रेष्ठ ९ऊर्जा०, कर्णबहादुर विक ९आपूर्ति०, छमबहादुर गुरुङ ९सहरी विकास०, गोमा कुँवर ९पशुपक्षी विकास० र ओङ्दी शेर्पाले ९सामान्य प्रशासन० राज्यमन्त्रीको जिम्मेवारी पाउनुभएको छ । उहाँहरु सबै नेकपा ९माओवादी केन्द्र०को तर्फबाट प्रतिनिधित्व गर्नुहुन्छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न आयोजित समारोहमा प्रधानमन्त्री देउवाले उहाँहरुलाई पद तथा गोपनीयताको सपथ गराउनुभयो । सपथपछि नवनियुक्त राज्यमन्त्रीलाई माला र खादालगाएर प्रधानमन्त्री देउवाले स्वागत अभिवादन गर्नुभएको थियो ।

तस्वीर/रासस
5.7kViews

Check out our other content

Check out other tags:

Most Popular Articles