सुजन प्रेमी
नेपालमा च्याउ उम्रेसरी मिडियाको बृद्धी भएको छ भन्दा अतियुक्ती नहोला । नेपाल जस्तो ठाउँ, यहाँको भुगोल अनी नेपाली मिडियालाई तुलनात्मक रुपमा हेर्दा लाग्छ कि आधा भन्दा बढी नेपाली त सञ्चाकर्मी मात्रै छन् । तर यथार्थमा त्यो पाईदैन । अहिले हेर्दा सात आठ सयको हाराहारीमा रेडियोको फिक्वेन्सी बितरण हजारौको संख्याका पत्रीका, सयौ टेलिभिजन अनी हजारौ अनलाईन मिडिया हुनु ले लाग्छ नेपालमा सञ्चारको राम्रो पहुच भैसकेको छ र जनताको सही सुचना र सत्य तथ्य निश्पक्ष समाचार पाउने अधिकार सुनिश्चित भैसकेको छ तर के यथार्थतामा यो भएको छ त ??? अहँ अहिलेको परिवेसमा यो पाईदैन । अहिले हेर्दा नेपाली सञ्चारमाध्याम आफु पालिएका छन् जस्तो लागेपनी कतिपय सञ्चारमाध्याम नै धरासाही अवस्थामा छन् लाखौ र करोडौ लगानी सञ्चारमाध्याममा भएपनी यसको उपलब्दी कतिपय अवस्थामा शुन्यतामा परिणत भैदिन्छ । नेपालको अस्थिर राजनिती अनी सिमित उधोग र बजारले पनी यसमा प्रभाव पारेको छ । संस्था नविकरणमा सरकारले कडिकडाउ गर्छ तर मिडियाको लागी भनेर यथेस्ट बजेट अहिलेसम्म छुट्याएको मलाई थाहा छैन ।सरकारले लोक कल्याणकारी बिज्ञापनको नाउँमा दुई चार पैसा दिएपनी प्रक्रिया झन्झटिलो हुदा कतिपय सञ्चारमाध्यामले यो पनी पाउन सकेका छैनन् । मिडियालाई बर्गिकरण गरिनु राष्ट्रिय र स्थानिय मिडिया भनेर हेपिनु अनी ठुला भनीएका मिडियाले सानो तिनो सञ्चारमाध्यामलाई मुल्यहिन बनाउनु आजको सञ्चारमाध्यामको ठुलो चुनौती रहेको छ । गनेर नभ्याईने सञ्चारमाध्याम र सिमितमा मात्र उच्चारण हुने मिडियाको नामले पनी सहजै पुष्टि गरेको छ की सञ्चामाध्यामको अवस्था र स्थिती । सरकारलेनै केन्द्रिय, राष्ट्रिय सञ्चामाध्याम भन्दै प्राथमिकतामा राख्दै गर्दा सञ्चारमाध्यामले झनै चुनौती अनुभुती गरेका हुन्छन् ।
अब कुरा गरौ ठुला र राष्ट्रिय भनिएका सञ्चामाध्यामहरुको , हाम्रो आँखाले हेर्दा पनी थाहा हुन्छ ठुलोको ब्यवस्थापन पनी ठुलै हुनुपर्छ । नामले जती ठुलो भएपनी यस्ता मिडियाको ब्यवस्थापनमा पनी चुनौती छ । सरकारलाई त्यही ठुलै कर बुझाउनुपर्छ कर्मचारी ठुलै ब्यवस्थापन गर्नुपर्छ अनी खर्चपनी ठुलै हुन्छ अनी सानो र ठुलोमा के भिन्नता भो र ?? नेपालमा सञ्चामाध्याम धरासाही हुनुमा सरकारको नै गैर जिम्मेवारीपन हो जस्तो लाग्छ मलाई । होईन भने यो परिस्थतीमा पनी सोच बिचार नगरी अनुमती पत्र किन बाँडिन्छ ?? अनी अनुमती पत्र बाँडेका सञ्चारमाध्यामहरुको मर्का किन बुझिदैन ?? धेरै सरकारलाई गाली गरेर मात्रैपनी हुदैन स्वयम् सञ्चारमाध्याम पनी जिम्मेवारी हुनु जरुरी छ । कर्मचारी ब्यवस्थापन गर्न नसक्नु अनी कतिपयले सञ्चारको अर्थनै राम्ररी नबुझ्नुले सञ्चारमाध्यामको अहिलेको अवस्था कमजोरनै छ । मैले यसो भनिरहदा कुनै सञ्चारमाध्याम वा सञ्चारकर्मीले नै भन्नुहोला नेपालका सबै मिडिया कमजोर छैनन् भनेर तर पैसा कमाउनु अलग कुरा भयो हालको परिवेशले चाही कोही अछुत हुनसकेका छैनन् । आजभोली सञ्चारमाध्याममा पनी माफियाको प्रवेश भैसकेको मैले अनुभुती गरेको छु । जसले बिभिन्न माध्यामबाट झुटा समाचार सम्प्रेशण गरि जनताको सही सुचना पाउने अधिकारलाईनै कुण्ठित गरेका छन् । हाम्रो नेपाल र यहाँको सञ्चारमाध्याम लाई बिदेश र त्यहाँका सञ्चारमाध्यामसंग तुलना गर्दा लाग्छ आकास र जमीन जस्तै फरक छ । बिदेश भन्नेबित्तिकै नेपाल भन्दा सम्पन्न साली हुन्छन् भन्ने छैन यस्ता देशपनी छन् जहाँका जनताले दुईछाक खानपनी नपाउने अवस्था छ । तर ति देशमा सञ्चारमाध्यामको अवस्था कस्तो छ त ?? सायद देखेका र भोगेकाहरु बाहेक अरु नेपालीहरुले कल्पना पनी गर्न सक्दैनन् कि सञ्चारमा त्यो देश त्याती अग्रपंक्तीमा छ भनेर । नाजुक देशका सिमित सञ्चारले जनतालाई दिएका सुचना अनी जनताले गर्ने बिश्वास को कुरा गर्दा हाम्रो देशका असिमित मिडिया अनी जनबिश्वासमा धेरै अन्तर पाईन्छ । अहिले हाम्रो देशमा जनता पक्षपाती भैदिनु अनी सञ्चाकर्मीहरु पार्टीगत बन्नुले पनी सञ्चारमाध्याममा चुनौती थपीएको छ ।
ब्यापारीक शैलिमा धेरै मिडिया खुल्नुले पनी मिडियाप्रती जनबिश्वास गिर्दै गएको पाईन्छ । अब अहिलेकै परिस्थितीमा सञ्चारमाध्याम जाने हो र परिस्कृत नभैदिने हो भने कालान्तारमा यसको भविष्य खतरामय हुनसक्छ । बर्तमानको कुरा गरिरहँदा नेपाली सञ्चारमाध्यामको भविष्यचाही के हो त ? यो प्रश्न जो कोहीको मनमा तेर्सिनु स्वभाविकनै हो तर यसो भनीरहदा सञ्चारमाध्यामले आफ्नो भविष्य छैन भनेर अतालिनुपर्ने कारण पनी छैन । नेपालमा सञ्चारमाध्याम धेरै भएकै हो अझै भन्नुपर्दा अनलाईन मिडिया नगन्य रुपमा बिकास भैरहेका छन् तर मेरो बिचारमा अझै जनताको सञ्चारमाध्यामको अभाव खड्किरहेको छ । नेपाली सञ्चारमाध्यामको भविष्यनै छैन भन्नु मुर्खता हो तर सञ्चारमाध्यामले परिस्कृत ठंगबाट आफुलाई प्रयोग गर्न चै सक्नुपर्छ ।अब नेपाली सञ्चारमाध्यामले आफ्नो भविष्यको लागी पनी सोच्ने बेला आएको छ । उज्वल भविष्यको लागी सर्वप्रथम सम्पुर्ण सञ्चारमाध्याम मिलेर एक ढिक्का हुनु जरुरी छ एकले अरुको खुट्टातान्ने र लडाउने प्रबृत्तीले अब नेपाली मिडिया धेरै टिक्दैन । सबै मिडियाको एकै आवाज बनाएर सरकार समक्ष आफ्नो चुनौती र अवसर खुलस्त पार्नु जरुरी छ यतीमात्रै होईन नेपाली सञ्चारलाई सरकारले धेरै सहयोग गर्नुपर्छ र सञ्चारमाध्यामले सरकारलाई सो कुराको दवाब समेत दिनुपर्छ । बिकाससिल भनिएका राष्ट्रहरुमा हेर्दा मिडिया यती स्वतन्त्र भएको पाईदैन तर नेपालमा यती धेरै स्वतन्त्र हुदाहदै पनी किन मिडियाको भविष्य देखिदैन त ?? अब सोच्ने बेला आएको छ अनी सञ्चारमाध्याम खोल्न होईन ब्यवस्थापनमा बढी ध्यान दिनुपर्छ । कुनै कुराको सुरु गर्नु ठुलो कुरा होईन निरन्तरता ठुलो रहन्छ । अब दिगोपनको लागी सञ्चारमाध्याम स्वतन्त्र अनी सञ्चारकर्मी क्रियासिल हुनु जरुरी देखिन्छ । जनताको बिश्वास जित्नतर्फ केन्द्रित भए नेपाली मिडियाको भविष्य राम्रो हुनेछ ।