20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

टर्कीका सात जना पत्रकार आठ महिनापछि जेलमुक्त

अन्तरक्रियाटर्कीका सात जना पत्रकार आठ महिनापछि जेलमुक्त

इस्तानबुल, १४ साउन ।

टर्कीको सरकार विरोधी पत्रिका ‘कुम्हुरियट’का सात पत्रकारलाई सरकारले आठ महिनापछि शनिबार विहान जेलमुक्त गरिदिएको छ ।
अरु चार जनालाई भने अझै पनि जेल मै राखिएको छ र चाँडै नै छाडिने अनुमान भने गरिएको छ ।
स्तानबुलको एउटा अदालतले सुनवाइको क्रममा उनीहरुलाई जेलमुक्त गर्न शुक्रबार आदेश दिएपछि सरकारले शनिबार उनीहरुलाई छाडिदिएको हो ।
टर्कीका राष्ट्रपति रेसेप तायिप एर्डोगानको शासन कालमा प्रेस स्वतन्त्रता देखाउन उनीहरुलाई जेलमुक्त गरेपनि अत्यन्त चर्चित पत्रकारहरु भने अझै पनि जेलमै रहेका छन् ।
पत्रकारहरुले राष्ट्रपति एर्डोगानका विरुद्धमा केही आवाज उठाएका थिए । जेलमुक्त भएका पत्रकार अदालतको निगरानीमा रहने छन् । उनीहरुले अधिकारीहरुलाई नियमितरुपमा जानकारी गराइ रहनुपर्ने भएको छ ।
रिहा भएका सात जनामध्ये एक जना आदरणीय काटुनिष्ट मुसा कार्ट पनि रहनु भएको छ ।
“हामीलाई माया गर्ने आफन्त, सुवेच्छुक र हाम्रो कामबाट हामीलाई केही समय टाढा राखिएको हो,” जेलमुक्त भएपछि कार्टले भन्नुभयो ।
उहाँले थप्नुभयो, “मलाई विश्वास गर्नु की जेलमा बसेको अवधिमा हामीले कुनै घृणा सहनु परेन, कुनै सत्रुतापूर्ण व्यवहार पनि भएन, तर पनि यस्तो सोचाईले हामी बाँच्न सक्दैनौ ।”
उहाँ बाहेक जेलमुक्त हुनेमा अतिरिक्त सम्पादक तुर्हान गुनाय र पत्रिकाका कानुनी प्रवन्धक रहनु भएको छ । उहाँहरु २७१ दिन जेल पर्नुभएको हो ।
टिप्पणीकार काद्री गुर्सेल, अनुसन्धान पत्रकार अहमेत सिक, पत्रिकाका प्रधान सम्पादक मुरात साबुन्कु र कार्यकारी प्रमुख अकिन अतालायगरी चार जना भने अहिले पनि जेलमै रहनु भएको छ । रासस

5.7kViews

Check out our other content

Check out other tags:

Most Popular Articles