काठमाडौं, २४ भदौ ।
नेपाली साहित्य र प्रजातान्त्रिक आन्दोलन मा विशिष्ट योगदान पु¥याउनुभएका नेपालका प्रथम जननिर्वा्चित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०४ औं जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदै छ ।
१९७१ साल भदौ २४ गते जन्मिनुभएका कोइराला क्रान्तिद्रष्टा, सिद्धान्तनिष्ठ र अटल राष्ट्रवादका धनी हुनुका साथै साहित्यमा अराजक र राजनीतिमा व्यवहारवादी हुनुहुन्थ्यो । उहाँले २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गर्नुभएको थियो । राणा शासन अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना गर्ने २००७ सालको क्रान्तिको नेतृत्वकर्ता कोइराला २०१५ सालमा भएको पहिलो आम चुनावपछि जननिर्वा्चित पहिलो प्रधानमन्त्री बन्नुभयो । कोइरालालाई अपदस्थ गरी २०१७ सालमा राजा महेन्द्रले निरंकुश पञ्चायती व्यवस्था लागू गरेपछि थुप्रै वर्ष उहाले जेल जिवन बिताउनुभएको थियो ।
स्वर्गीय कोइराला नेपाली राजनीतिमा मात्र नभई साहित्यका फाँटमा पनि त्यतिकै चर्चित छन् । कोइरालाका आत्मकथा, जेल जर्नल, दोषी चस्मा, यहूदी र हिटलर, सुम्निमा, मोदीआइन, श्वेत भैरवी, तीन घुम्ती, नरेन्द्र दाईलगायतका थुप्रै बहुचर्चित कृति प्रकाशित छन् । घाँटीको क्यान्सरका कारण २०३९ साल साउन ६ गते उहाकोे निधन भएको थियो ।